जीवन बीमा कम्पनीहरुद्धारा बीमितहरुलाई चार अर्ब रुपैयाँ दाबी भुक्तानी हुन बाँकि, कुनको कति, कुनको कति ? (तथ्यांक सहित )
काठमाडौं । जीवन बीमा कम्पनीको भुक्तानी हुन बाँकि रकम ३ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ४ अर्व १९ करोड ५१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको कम्पनीले यस अवधिमा घटाएको छ।
बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी निर्देशिका संसोधन गर्दै नयाँ व्यवस्था पुन ल्याएको छ। कम्पनीहरुलाई छिटो र छरिटो रुपमा बीमा दाबीको लागि नियामक निकायले नै कम्पनीहरुलाई आह्वान गरिरहेको हुन्छ । कम्पनीहरुको दाबी भुक्तानीको प्रकृया सरल बनाउदा बीमा व्यवसायमा नै टेवा पुग्ने बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताँउछन् ।
हाल संचालनमा रहेका १८ कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुले कुल ४ अर्ब ७ करोड ३४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाकि रहेको छ ।
चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा नेपाल लाइफको सबैभन्दा धेरै बीमा दावी रकम भुक्तानी गनुपर्ने तथ्याङ्कले देखाएको छ ।जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ सबैैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा पर्दछ । कम्पनीले समग्र बीमा बजारको २० प्रतिशत हिस्सा ओगट्दै आएको छ।जसको कारणले कम्पनीको बीमा दावी भुक्तानी सवैभन्दा बढी हुनु स्वभाविक नै हो । कम्पनीले समिक्षा अवधिमा १ अर्व १० करोड रुपैयाँ बीमितहरुलाई भुक्तानी गर्न बाकि रहेको छ ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। समिक्षा अवधिमा ७७ करोड ८९ रुपैयाँ बीमा दावी भुक्तानी कम्पनीले गर्न बाँकि रहेको छ।दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार मेट लाइफको ६८ करोड ११ लाख, रिलायन्स लाइफको ४४ करोड ३७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ४१ करोड ७४ लाख, सन नेपाल लाइफको २४ करोड ७६ लाख रुपैयाँ बीमितहरुलाई भुक्तानी गर्न बाकि रहेको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै, सिटिजन लाइफको १७ करोड १० लाख रुपैयाँ, सूर्या ज्योति लाइफको ६ करोड ४७ लाख रुपैयाँ, एशियन लाइफको ६ करोड १० लाख रुपैयाँ, प्राइम लाइफको ४ करोड ५२ लाख रुपैयाँ, आइएमई लाइफको २ करोड ९६ लाख रुपैयाँ, सानिमा लाइफको १ करोड २४ लाख रुपैयाँ बीमा दावी भुक्तानी गर्न बाकि रहेको छ ।
समिक्षा अवधिसम्ममा युनियन लाइफको १ करोड ७ लाख, प्रभु लाइफको ४५ लाख, माहालक्ष्मी लाइफको २५ लाख र गुराँस लाइफको २० लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गर्न बाकि रहेको प्रकाशित वित्तिय विवरणले देखाएको छ ।