नेपाल इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी लिन अनुरोध

४ फाल्गुन २०७९, बिहीबार ११:४६

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी फर्छ्यौट गर्न अनुरोध गरेको छ ।

कम्पनीमा बीमा भई दाबी गरेका बीमितहरुले क्षति मूल्याङ्कनका लागि सर्भेयर।कम्पनीले माग गरेका तर बुझाउँन बाँकी रहेका आवश्यक काजगातहरु सम्बन्धित सर्भेयरलाई वा कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमा ३५ दिनभित्र बुझाई बीमा दाबी फर्छ्यौट गरी दाबी भुक्तानी लिन सक्नेछन् ।

साथै कम्पनीले ३५ दिनभित्र पनि कागजातहरु प्राप्त नभएमा उक्त दाबीका फाइलहरु नियमअनुसार भई जाने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*