हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी लिन अनुरोध

४ फाल्गुन २०७९, बिहीबार ११:४०

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी फर्छ्यौट गर्न अनुरोध गरेको छ ।

कम्पनीले विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा, पशु तथा बाली बीमा तथा माइक्रो बीमाका दाबीहरुको दाबी निवेदन प्राप्त भएको र सोपश्चात् सम्पर्कमा नआएका बीमितहरुलाई उक्त दाबी रकम फर्छ्यौट गर्न भनेको हो ।

कम्पनीले लामो समयदेखि दाबी भुक्तानी हुन बाँकी रहेको बीमितहरुलाई आवश्यक काजगातसहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा दाबी विभाग केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै कम्पनीले २१ दिनभित्र उक्त दाबी फर्छ्यौटका लागि आवश्यक कागजातहरु प्राप्त नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*