दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाज पाइलटले सिक्दै गरेको खुलासा,प्रारम्भिक प्रतिवेदनले भन्छ, ‘६५ सेकेण्ड अघि अटोपाइलट बन्द गरियो’
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यति एयरलइन्सको जहाज दुर्घटना हुँदा को पाइलट अञ्जु खतिवडाले सिक्दै गरेको खुलेको छ । सो जहाज दुर्घटनाबारे गठित छानविन समितिले आज सार्वजनिक गरेको प्राम्भिक प्रतिवेदन अनुसार काठमाडौंबाट नै जहाजको कमाण्ड प्रशिक्षार्थी पाइलट अञ्जु खतिवडाले गरेको र पोखरामा दुघटना हुनुभन्दा १४ सेकेण्ड पहिले मात्रै क्याप्टेन कमल केसीले नियन्त्रणमा लिएको खुलेको छ । कमल केसीले नियन्त्रणमा लिँदा जहाज सुधार गर्नै नसक्ने अवस्थामा पुगिसकेकोले दुर्घटनामा परेको तथ्य औल्याइएको छ ।
आज प्रकाशित प्रारम्भिक प्रतिवेदन अनुसार काठमाडौंबाट पोखराको लागि उडेको जहाजले छ नटिकल माइल टाढाबाट एयर ट्राफिकसँग अवतरण अनुमति मागेको, एयर ट्राफिकले ३० तर्फबाट अवतरण्ण गर्न अनुमति दिएको तर लगत्तै पुनः १२ (बिपतिर) दिशाबाट अवतरण गर्न अनुमति माग गरेका थिए । सो अनुुमति दिने बेला एयर ट्राफिकले कुनै कुरा पनि नसोधी १२ तर्फबाट अवतरण अनुमति दिएका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १२ तर्फबाट अवतरण गर्न आउँदै गरेको जहाज ३४३३ फिटको उचाई हुँदा अर्थात जमिनबाट ७२१ फिट माथि आईपुगेपछि विहान १०ः५६ः२७ बजे अटो पाइलट सिष्टम बन्द गरिएको थियो । अटो पाइलटले सिष्टम बन्द नगरिएको भए जहाजलाई अवतरण गराउन थप सहयोग गर्ने थियो । तर, जहाजको कमाण्ड गरिरहेकी अञ्जुले अटो पाइटल बन्द गरेर फ्लापरलाई जहाजको उचाई घटाउन ३० डिग्रीमा घटाउन क्याप्टेनसँग अनुमति मागेकी थिईन् । प्रतिवेदनका अनुसार क्याप्टेन केसीले ३० डिग्री ओके भनेका थिए ।
अटो पाइलट बन्द गर्ने वित्तीय जहाजको शक्ति उत्पादन गर्ने पङ्खा (प्रोपेलरले काम गर्र्न छोडेर २५ प्रतिशतले घट्दै शून्यमा झर्न पुग्यो । प्रारम्भिक प्रतिवेदनमा उक्त जहाजको इन्जिनमा कुनै समस्या नदेखिएको तर प्रोपेलर फेदर भई जहाज शक्तिहिन हुन पुुगेको उल्लेख छ । जहाज जमिनबाट ५०० फिट माथि आईपुग्दासम्म जहाज सिधा अवस्थामा रहेकोमा १०ः५६ः५० बजे ३० डिग्री ब्याङ्ग हुँदै तलतिर खसेको आज सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जहाज ३० डिग्रीमा ब्याङ हुँदै अघि बढ्दा अवतरण जारी राख्ने कि के गर्ने भनेर जहाजको कमाण्ड गरिरहेकी अञ्जु खतिवडाले क्याप्टेन केसीलाई सोधेका थिए । जवाफमा केसीले जहाजलाई घुमाई राख्न भनेका थिए । अहिले आवश्यक छैन, केही पावर बढाउन भनेका थिए । लगत्तै जहाजको कमाण्ड गरिरहेकी अञ्जुले पावर बढाउन खोज्दा दुवै इन्जिनमा पावर नभएको पत्तो पाएकी थिईन् । क्याप्टेन केसीलाई जहाजको दुवै इन्जिनमा पावर नभएको जानकारी दिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
१०ः५७ः१६ बजे जमिनबाट ३६८ फिटको उचाई माथि जहाजको इन्जिनको पावर ७३ प्रतिशतबाट बृद्धि गरी ७७ प्रतिशत पुर्याइयो । तै पनि इन्जिनमा पावर आएन । लगत्तै १०ः५७ः१८ बजे जहाजको कमाण्ड क्याप्टेन केसीले सम्हालेका थिए । केसीले पनि इन्जिनबाट पावर नआएको जानकारी दिएका थिए । क्याप्टेन केसीले जहाजको कमाण्ड सम्हालेको लगत्तै जहाज सीमाभन्दा कोल्टे परेको भन्दै चेतावनीमूलक सन्देश सुरु गरेको थियो । त्यतिबेला जहाज ३११ फिटमाथि आइसकेको थियो ।
१०ः५७ः२६ बजे एक्कासी जहाज बायातर्फ ढल्किदै तलतिर झर्न थालिसकेको थियो । दोस्रो चेतावनीयुक्त संकेतसँगै जहाज छ सेकेण्डपछि जमिनमा बजारिन पुगेको आज प्रकाशित प्रारम्भिक प्रंितवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार जहाजको इन्जिन घुमिरहेको र शक्ति उत्पादन गर्ने पंखाले काम नगरेको कारणा देखाइएको छ । त्यसरी दुवै पंखाले एकै पटक काम नगर्नुको पछाडि मानवीय हो वा प्राविधिक हो ? सो सम्बन्धमा विश्लेषणपछि मात्रै प्रतिवेदन तयार पारिने छानविन समितिले जनाएको छ ।
सरकारले पूर्व सचिव नागेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा बुद्धिसागर लामिछानेसहितको छानविन टोली गठन गरेको थियो । सो टोलीले ककपिटभित्र भएको कुराकानीको संवादको आधारमा सो तथ्य पत्ता लगाएको हो ।
yeti air ATR-72 crashed report
One thought on “दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाज पाइलटले सिक्दै गरेको खुलासा,प्रारम्भिक प्रतिवेदनले भन्छ, ‘६५ सेकेण्ड अघि अटोपाइलट बन्द गरियो’”