एलआईसी नेपालद्धारा बीमा दाबी रकम हस्तान्तरण

३ फाल्गुन २०७९, बुधबार १६:४३

काठमाडौं । एलआईसी नेपालले बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीले काभ्रेपलाञ्चोक जिल्लामा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्व. राजेश गिरीको श्रीमती अस्मिता गिरीलाई मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

भक्तपुर शाखामा भक्तपुर शाखाका शाखा प्रवन्धक राम थापा तथा एजेन्सी म्यानेजर कुन्ता कुमारी काफ्लेले मृत्यु दावी भुक्तानी स्वरुप १० लाख ६० हाजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

स्व. गिरीले मिति २०७७ साल माघ २६ गते रु. २४,३७५ जम्मा गरि ५ लाख वरावरको जीवन वीमा गराएका थिए । मृतक गिरीले २ किस्ता वापत रु ४८,७५० जम्मा गरेका थिए ।

कार्यक्रममा शाखा प्रवन्धक थापाले जीवन वीमा गर्दा भविष्यमा आईपर्ने आर्थिक जोखिम कम गर्न, अनिवार्य वचत तथा पारिवारिक आर्थिक सुरक्षाको लागि अहम भुमिका खेल्नुका साथै आफ्नो परिवार माथि स्नेह तथा जिम्मेवारी निर्वाह गर्नु पनि हो ।

सानो सानो रकम जम्मा गरि जीवन वीमा गर्ने सहि निर्णयले आज उहाँ भौतिक रुपमा नरहेता पनि उहाँले आफ्नो परिवार प्रति स्नेह तथा जिम्मेवारी पुरा गर्नुभएको वताए । उक्त कार्यक्रमा मा स्व. गिरीको श्रीमती श्री अस्मिता गिरीले उहाँले गरेको सहि निर्णयले आज वाल वच्चाको शिक्षा दिक्षा तथा उज्जवल भविष्यको लागि सहयोग हुने विश्वास व्यक्त गरिन् ।

कम्पनीले विमाङ्क वापत रु. ५००,०००, दुर्घटना वीमा वापत रु. ५००,००० र दुई वर्षको वोनस वापत रु. ६०,००० गरि रु. १०,६०,००० मृत्यु दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*