प्रभु इन्स्योरेन्स कम्पनीले मर्जर सफल नभएमा चुक्तापुँजी पुर्‍याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने

३ फाल्गुन २०७९, बुधबार १३:५५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा फागुन २३ गते बस्दैछ । कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्‍याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले गत असार ३२ गते अजोड इन्स्योरेन्ससँग मर्जरका लागि सम्झौता गरे पनि अन्तिम समयमा आएर रद्द भएको थियो । मर्जर तोडिएपछि प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*