कालीगण्डकीमा बस खस्दा १७ जना घाइते

३ फाल्गुन २०७९, बुधबार १२:३०

काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखराको लागि हिनेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खसेको छ । सो बस दुर्घटनामा परि १७ जना घाइते भएका छन् । जसमा २ जना भारतीय रहेको जानकारी प्राप्त भएको छ । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँको सडकबाट बस कालीगण्डकी नदीमा खसेको हो ।

ना७ ख ७४४० नम्बरको बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बस करिब ४५ मिटर तल खसेको हो । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको स्थानीय नागरिकले बताएका छन् ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*