बीमालेख धितोकर्जा ३६ प्रतिशतले बढ्यो, दोस्रो त्रैमासमा ७८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह

३ फाल्गुन २०७९, बुधबार ११:२१

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अबधिसम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा वापत ७८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधि सम्ममा ५७ अर्ब १२ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेका थिए ।गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा ३६ दशमलव ९५ प्रतिशतले बढेको बीमा कम्पनीहरुले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट हुँदैन ।

जस कारणले गर्दा बीमालेख धितो राखी कर्जा लिने बीमितको आकर्षण बढ्दै गएको देखिन्छ । तर बीमितले सिमित अवधिमा मात्रै बीमालेख धितोमा साक्षी राखी ऋण लिन पाउनेछन् ।कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा बृद्धिदरको आधारमा सूर्या ज्योती लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

गत आर्थिक बर्षको तुलनामा मर्जरको कारणले गर्दा कम्पनीको बीमालेख धितो कर्जा प्रवाह बढी देखिएको छ ।यस त्रैमासको अवधिसम्ममा कम्पनीको बीमालेख धितोमा राखि ३२ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १४ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमालेख धितोकर्जा १ सय २४ प्रतिशतले बढेको कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणले देखाएको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा राखि ६२ करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ । रिलायबल नेपाल लाइफले बीमालेख धितोमा राखि २१ करोड रुपैयाँ कजा प्रवाह गरेको छ ।

नेशनल लाइफले बीमालेख धितो राखी ९ अर्ब ४८ करोड, एशियन लाइफले बीमालेख धितो राखी ४ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । प्राइम लाइफले २ अर्ब ४८ करोड, राष्ट्रिय बीमा संस्थानले २ अर्ब ५५ करोड, मेट लाइफले १ अर्ब ४२ करोड, गुराँस लाइफले १ अर्ब ३२ करोड, यूनियन लाइफले १ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सिटिजन लाइफले बीमालेख धितोमा राखी ४२ करोड ७ लाख, रिलायबल नेपाल लाइफले २१ करोड ५० लाख, आइएमई लाइफले ४९ करोड ३५ लाख रुपैयाँ र सन नेपाल लाइफले ४२ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सानिमा लाइफले २३ करोड ७ लाख, प्रभु लाइफले ५१ करोड ६० लाख र महालक्ष्मी लाइफले २६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*