निर्जिवन क्षेत्रका शक्तिशाली तीन कम्पनीलाई दाँजेर हेर्दा, शिखर, नेको र सगरमाथामध्ये कुन उत्कृष्ट ?
काठमाडौं । नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ ।अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ।बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमापोष्टले तीन निर्जीवन बीमा कम्पनीलाई दाँजेर तुलानात्मक अध्ययन गरेको छ।
यी तीन कम्पनीमध्ये चुक्ता पुँजि नपुगेको कारण सगरमाथा इन्स्योरेन्स कम्पनीले मर्जरको लागि पार्टनर छानिसकेको छ । कम्पनीले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जरको चरणमा रहेको छ । बीमा प्राधिकरणले चैत मसान्तसम्ममा निश्चित चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ ।
सो बमोजिम यी तीन कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स चुक्ता पुँजिमा पछाडि रहेको कारण मर्जरको विकल्प लिएको छ। बाँकि दुई कम्पनीले बोनस शेयर मार्फत पुँजि पुराउने तरखरमा रहेका छन् ।
चुक्ता पुँजिको आधारमा
तीन कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा शिखर इन्स्योरेन्स कम्पनी नै चुक्ता पुँजि कोषमा अब्बल रहेको छ।
नेको इन्स्योरेन्स कम्पनी पनि चुक्ता पुँजिको आधारमा बलियो कम्पनी हो । कम्पनीको पुँजि २ अर्ब १ करोड रुपैयाँ रहेको छ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
कोषमा जम्ममा रकमको आधारमा
बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषको आधारमा हेर्ने हो भने पनि शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।
कम्पनीको यी कोषमा २ अर्ब ४७ करोड रुपैयाँ रकम जम्मा रहेको छ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। यस त्रैमाससम्ममा कम्पनीको यी तीनमा १ अर्ब ८५ करोड रुपैयाँ रकम संचित रहेको छ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको यी कोष १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।
कुल बीमाशुल्क आर्जनको आधारमा
कुल बीमाशुल्ककको आधारमा हेर्दा तीन कम्पनीबीच गरेको विश्लेषणमा पनि शिखर इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ।
कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
खुद बीमाशुल्कको आधारमा
खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने नेको इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ। कम्पनीले आफैले जोखिम बढी लिएको कारण खुद बीमाशुल्क आर्जनमा अगाडि रहेको छ।
कम्पनीले ८७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्म ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७२ करोड रुपैयाँ रहेको छ।
खुद दाबी भुक्तानीको आधारमा
खुद बीमा दाबी भुक्तानीको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी अगाडि रहेको अगाडि रहेको छ ।
कम्पनीले यस त्रैमाससम्ममा ४४ करोड रुपैयाँ खुद बीमा दाबी भुक्तानी वापत बीमितलाई रकम हस्तान्तरण गरेको छ।
दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफना बीमितहरुलाई खुद बीमा दाबी भुक्तानी वापत ४२ करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३६ करोड रुपैयाँ खुद बीमा दाबी भुक्तानी वापत बीमितहरुलाई हस्तान्तरण गरेको छ ।
व्यवस्थापन खर्चको आधारमा
कारोबार, शाखा र कर्मचारी बढी रहेको शिखर इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च बढी रहेको तथ्यांकले देखाएको छ।
समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च २८ करोड रुपैयाँ रहेको छ ।
दोस्रो नेको इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमासम्ममा कम्पनीले व्यवस्थापन खर्चमा १ अर्ब ९१ करोड रुपैयाँ खर्चिएको छ ।
खुद मुनाफाको आधारमा
खुद मुनाफाको आधारमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा १७ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १७ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
कायम पोलिसीको आधारमा
कायम पोलिसीको आधारमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ लाख ५४ हजार बीमा पोलिसी बिक्रि गर्न सफल भएको छ।
दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ लाख २४ हजार बीमा पोलिसी बिक्रि गरेको छ ।
त्यस्तै, सगरमाथा इन्स्योेन्स कम्पनीले ६२ हजार ७ सय १० वटा बीमा पोलिसी बिक्रि गरेको छ ।
प्रतिशेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा हेर्ने हो भने सगरमाथा इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।
सगरमाथाको इपीएस पुष मसान्तसम्म २६ रुपैयाँ ९० पैसा रहेको छ । तर कम्पनीको इपीस गत वर्षको तुलनामा ५ रुपैयाँ ८ पैसा घट्न पुगेको हो ।
दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसा रहेको छ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १७।५० पैसा रहेको छ।
प्रतिशेयर नेटवर्थ र प्रतिशेयर कुल सम्पत्ति मूल्यको आधारमा
सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २४४।०५ रहेको छ । प्रतिशेयर कुल सम्पत्ति मूल्य ४८०।०२ प्रतिशत रहेको छ।
शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ २१५।२१ र प्रतिशेयर कुल सम्पत्ति मूल्य ३०२।३८ रहेको छ।
नेको इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १९२।०५ र प्रतिशेयर कुल सम्पत्ति मूल्य ३५४।७४ रहेको छ ।