काठमाडौं विमानस्थलमा भद्रगोल, भद्रपुरबाट आएको यति एयरको जहाज काभ्रेमाथिको आकाशमा फन्को मार्दै
काठमाडौं । काठमाडौंस्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सही रुपमा व्यवस्थापन गर्न नसक्दा आज विहानैदेखि भद्रगोल हुन पुगेको छ । सही व्यवस्थापन नहुँदा पूर्वबाट आएका जहाज काभ्रेको आकाशमाथि फन्को मार्दैछन् भने पश्चिमबाट आएका जहाजहरु धादिङ माथिको आकाशमा फन्को मार्दैछन् ।
विमानस्थलको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा भद्रपुरबाट आएको यति एयर लाइन्सको जहाज काभ्रे माथिको आकाशमा दुई फन्को मारेपछि मात्रै अवतरणको अनुमति दिइएको छ । काठमाडौंस्थित विमानस्थलमा प्रभावकारी व्यवस्थापन नहुँदा आकाशमा उडेका जहाजहरुले सास्ती भोग्न बाध्य हुँदै आएका छन् ।
नेपालको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र विमानस्थल व्यवस्थापनमा दक्ष कर्मचारी नहुँदा सधैं समस्या पर्दै आएको छ । घुस्याहा कर्मचारीको कारण आकाशमा उडेका जनताको जीउधन जोखिममा पर्दै आएको छ ।