पुरानै लयमा फर्कदै सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२ फाल्गुन २०७९, मंगलवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुरानै लय लिएको छ । आज सूनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात सोमवारका दिन सुनको मूल्य स्थिर अथवा १ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*