देशैभरका बीमा अभिकर्ताले पाउने कमिशनमा उच्च गिरावट, कुन कम्पनीको अभिकर्ता कमीशन कतिले घट्यो ? (तथ्यांक सहित)

१ फाल्गुन २०७९, सोमबार १९:३२

काठमाडौं । आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि प्रत्यक्ष परेको छ। जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको अभिकर्ता कमीशन १८ प्रतिशतले घटेको छ।
बीमा व्यवसाय भएको ईतिहासमै पहिलोपटक आर्थिक मन्दी लागेको समयमा सबै बीमा कम्पनीहरुको बीमा अभिकर्ता कमिशन घटेको छ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बीमापोष्टले सबै बीमा कम्पनीहरुको रिर्पोट विश्लेषण गर्दा यस्तो देखिएको हो । गत अािर्थक बर्षमा ७ अर्ब ६१ करोड रुपैयाँ बीमा अभिकर्ता कमीशन बाडेको कम्पनीहरुले यस बर्ष ६ अर्ब २० करोड रुपैयाँ मात्र बाडेको छ ।

आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव जीवन बीमा कमपनीहरुमा असर गरेको पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारी बताँउछन् । बीमा व्यवसाय घटिरहेको छ, व्यवसाय घटेसँगै अभिकर्ता कमीशन घट्नु स्वभाविक नै रहेको उनले बताए ।

पछिल्लो समय कम्पनीहरुले २ प्रतिशत दिँदै आएको स्किम कमीशन घटाएर ०।०२ पुराएको छ। कम्पनीहरुले सबै खर्च कटौती गर्दा अभिकर्ता कमीशन घट्न पुगेको बीमा अधिकारीहरु बताँउछन् ।

कुन कम्पनीको कति प्रतिशतले घट्यो अभिकर्ता कमीशन ?

यस त्रैमाससम्ममा युनियन लाइफले अभिकर्ता कमीशन ३८ प्रतिशतले घटेर ३९ करोड रुपैयाँ खर्चिएको छ। दोस्रोमा गुराँस लाइफ रहेको छ । कम्पनीको अभिकर्ता कमीशन गत आर्थिक बर्षको तुलनामा २७ प्रतिशते १४ करोड रुपैयाँ खर्चिएका छन् ।

सानिमा लाइफको २७ प्रतिशतले घटेर १४ करोड रुपैयाँमा सिमित भएको छ ।
प्राइम लाइफको २३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को २२ प्रतिशत, रिलायन्स लाइफको २२ प्रतिशत, आइएमई लाइफको १९ प्रतिशत, एशियन लाइफको १८ प्रतिशत, सन नेपाल लाइफको १८ प्रतिशत, सूर्या लाइफको १८ प्रतिशत, सिटिजन लाइफको १८ प्रतिशत, प्रभु लाइफको १६ प्रतिशत, नेपाल लाइफको १६ प्रतिशतले घटेको छ ।

त्यस्तै, महालक्ष्मी लाइफको बीमा अभिकर्ता कमीशन खर्च १५ प्रतिशत, रिलायबल नेपाल लाइफको १४ प्रतिशत, मेट लाइफको ४ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ४ प्रतिशत र नेशनल लाइफको बीमा अभिकर्ता कमीशन १ प्रतिशतले घटेको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकमा देखाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*