सन नेपाल लाइफद्धारा ब्यतित बीमालेखमा छुट

१ फाल्गुन २०७९, सोमबार ११:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै २०७९ फागुन १ गतेदेखि पूर्ण व्यतित भएका बीमालेखहरुमा २०७९ चैत ३१ सम्म पुनर्जागरण गराएमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले प्रदान गर्ने उक्त ब्याज छुट सुविधा २ वर्ष अगाडीदेखि पूर्ण ब्यतित भएका बीमालेखहरुमा मात्र लागू हुने भएको छ । ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटक मात्र उपभोग गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*