एनएलजी इन्स्योरेन्सको खुद मुनाफा १० करोड ६६ लाख रुपैयाँमाथि, अधिकांश सूचकमा देखियो प्रगति

१ फाल्गुन २०७९, सोमबार १२:४८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको अधिकांस सूचकमा उल्लेख्य प्रगति देखिएको छ ।

चालु आवको पुष मसान्तसम्ममा कम्पनीले १० करोड ६६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको तुलनामा ३.६२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म एनएलजीले १० करोड २५ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको ६ महिनासम्म आइपुग्दा कम्पनीले एक अर्ब २० करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको बीमा ब्यवसाय समेत बढ्न पुगेको देखिएको छ । यो ब्यवसाय गत वर्षको तुलनामा ०.२८ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले १ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको थियो ।

साथै यस अवधिसम्म कम्पनीको बीमा कोषको आकार समेतम ११.७५ प्रतिशत बढेर कोषमा एक अर्ब २० करोड रुपैयाँ संचिती रहेको छ । साथै जगेडा कोषको आकार ६.६३ प्रतिशत घटेको छ भने महाविपत्ती कोषको आकार २१.९९ प्रतिशतले बढेको छ ।

यसका साथै कम्पनीको यस अवधिसम्म खुद दाबी भुक्तानी २३ करोढ २४ लाख रुपैयाँ रहेको छ भने लगानी कर्जा तथा आय २८ करोड ६३ लाख रुपैयाँ र व्यवस्थापन खर्च १६ करोड ७२ लाख रुपैयाँ रहेको छ । साथै कम्पनीको हाल जारी बीमा पोलिसी संखया १ लाख ६५३ रहेको छ ।

चालु आवको पुष मसान्तसम्म कम्पनीको चुक्तापुँजी १० प्रतिशत बढेर एक अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी १६.०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२१.१५ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३१४ रुपैयाँ १४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*