बीमितलाई १० प्रतिशत शेयर छुट्याउन बीमा संस्थानलाई बीमित हित संरक्षण संघको आग्रह

२९ माघ २०७९, आईतवार १८:२३

काठमाडौं । बीमितको हकहितको लागि बनेको नेपाल बीमित हित संरक्षण संघले बीमितलाई १० प्रतिशत शेयर छुट्याउनुपर्ने माग गरेका छन् । संघले हाल जारी बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा दर्ता गर्नुपर्ने व्यवस्था भएको सो कार्यको लागि पब्लिक लिमिटेड कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा निम्न कुराहरु समावेश गर्न संस्थानलाई आग्रह गरेको हो ।

संघले बीमितलाई शेयर छुटाउन माग गर्दै तिन बुँदे सपष्टीकरण समेत पेश गरेको छ।

१)  बीमितलाई १०% शेयरको व्यवस्था हुनुपर्ने

त्यसका लागि प्रथम चरणमा कूल चुक्ता पूँजीको ५ र पाँच वर्षपछि दोश्रो चरणमा तोकिएको मिति पछिका बीमितलाई कूल चुक्ता पूँजीको ५% थप गरी बीमितलाई जम्मा १०% शेयरको व्यवस्था गर्नुपर्ने ।

२. बीमितलाई शेयर दिँदा संस्थालाई हुने फाइदा
क) व्यवसाय वृद्धि हुने
ख) सरकारको राजस्व वृद्धि हुने
ग) बीमाको दायरा फराकिलो हुने ।

३. अभ्यासहरु

क) कर्मचारी संचयकोषले आफ्ना बचतकर्तालाई अपर तामाकोशीको शेयर दिएको
ख) एल.आई.सी. इन्डीयाले बीमितलाई १०% शेयर छुट्टाएको
ग) नेपाल टेलिकमले ग्राहकहरुलाई शेयरको प्रस्ताव गरेको
घ) कृषि विकास बैंकले ऋणीलाई शेयरको व्यवस्था गरेको
ङ) स्टेक होल्डरको रुपमा स्थानीय बासिन्दालाई जलविद्युतको शेयर व्यवस्था

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*