नेप्सेमा नेशनल लाइफको साढे ६० लाख कित्ता बोनस शेयर सूचीकृत

२९ माघ २०७९, आईतवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ६० लाख ५२ हजार ७३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*