तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ ।
जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ । नेपाल लाइफपछि प्रतिस्पधार्मा एलआईसी नेपाल र नेशनल लाइफबीच हुने गर्छ ।यी तीनै कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासकोे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले तोके अनुसार नेपाल लाइफको चुक्ता पुँजि पुगिसकेको छ भने एलआईसी नेपाल र नेशनल लाइफको बाँकि रहेको छ ।नेशनल लाइफको चुक्ता पुँजि बोनस शेयर दिएर पुग्छ भने एलआईसी नेपालले हकप्रद शेयर जारी गरेर पुराउदैछ ।यी तीनै कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण हेर्दा चुक्ता पुँजि पुराउन नेपाल लाइफलाई कुनै कसरत गनुपर्ने देखिदैन बाँकि दुईले बीमा ऐन अनुसार पुँजि चाडौ नै पुराउदैछ ।
बीमापोष्टले नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीबीच गरेका तुलनात्मक अध्ययन यस्तो छः
चुक्ता पुँजिको आधारमा
चुक्ता पुँजिको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफको चुक्ता पुजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
नेशनल लाइफको चुक्ता पुँजि ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजि रहेको छ।बोनस शेयर पश्चात् कम्पनीको चुक्ता पुँजि पुग्नेछ ।
एलआईसी नेपालको चुक्ता पूँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरिसकेको छ।
जीवन बीमा कोषको आधारमा
जीवन बीमा कोषको आधारमा हेर्ने हो भने पनि नेपाल लाइफकै अग्रता कायमै छ । नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीको जीवन बीमा कोषमा नेशनल लाइफ रहेको छ। कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, एलआईसी नेपालको जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
खुद बीमा शुल्क आर्जनको आधारमा
कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण हेर्दा यस त्रैमाससम्ममा नेपाल लाइफले १८ अर्ब ९३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
एलआईसी नेपालले ८ अर्ब ६८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।
खुद नाफाको आधारमा
यस त्रैमासमा यी तीन कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
नेशनल लाइफको नाफा २२ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, एलआईसी नेपालले ९ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन्।
कम्पनीहरुको दोस्रोे त्रैमासको नाफा र नोक्सानले कुनै फरक पादैन । कम्पनीको एक्चुरी भ्यालुएसन नभएसम्म वास्तविक नाफा देखिदैन ।
खुद दावी भुक्तानीको आधारमा
यस त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ८ अर्ब ४४ करोड रुपैया्ँ खुद दावी भुक्तानी गरेको छ ।
एलआईसी नेपालले ३ अर्ब ९७ करोड खुद दावी भुक्तानी गर्न सफल भएको छ ।
नेशनल लाइफले ३ अर्ब ७२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
कायम पोलिसी सङख्या
११ लाख ८५ हजार बीमा पोलिसी सेल गरेर नेपाल लाइफ सबै बीमा कम्पनीहरुको अग्रस्थानमा रहेको छ ।
नेशनल लाइफले १७ लाख बीमा पोलिसी सेल गरेको छ ।
त्यस्तै, एलआईसी नेपालले ६ लाख पोलिसी सेल गरेको छ ।
प्रति शेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा हेर्ने हो भने नेपाल लाइफ अगाडि रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७६ पैसा रहेको छ ।
नेशनल लाइफको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८० पैसा छ ।
त्यस्तै, एलआईसी नेपालको प्रतिशेयर आम्दानी ३।७२ पैसा रहेको छ।