बागमति प्रदेश स्वास्थ्य मन्त्री श्रेष्ठद्धारा क्षत्रपाटी अस्पतालको अवलोकन, सांसद गणेश पराजुलीद्धारा एक लाख रुपैयाँ आर्थिक सहयोग

२८ माघ २०७९, शनिबार २०:१८

काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयमा बागमति प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अवलोकन भ्रमण गरेका छन् । शनिबार आयोजित कार्यक्रममा काठमाडौं जिल्ला प्रतिनिधिसभा क्षेत्र नं ७ का सांसद गणेश पराजुलीले क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयलाई एक लाख एक हजार १०० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । अस्पतालले निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा आयोजित कार्यक्रममा सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बागमति प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा बागमति प्रदेशका सांसद बसन्त महर्जनको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बागमति प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधिसभाका स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली तथा प्रदेश सांसद बसन्त महर्जनलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले क्षत्रपाटी अस्पताललाई बागमति प्रदेशका गरिब र निमुखाहरुको साझा अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*