एनआईसी एशिया बैंकद्धारा सेलिब्रेट लभ विद योजना सार्वजनिक

२८ माघ २०७९, शनिबार २२:०२

काठमाडौं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक योजना सार्वजनिक गरेको छ ।

यो योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो ।

ज्ञटठघढघद्दटण्ज्ञढढघ((च्भअगचचष्लन(म्भउयकष्त(न्क्ष्ँ(((ज्ञज्ञद्दछण्हद्दछण्उह।नष
२०७९ माघ २८ देखि २०७९ फाल्गुन १ ९२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा पस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम रु।२०० सम्म क्यासब्याक उपलब्ध हुनेछ ।

साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेन्टाइन डेको दिन अर्थात् २०७९ फाल्गुन २ ९२०२३ फेब्रुअरी १४० मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाइएको छ ।

काठमाडौंबाहिरबाट यस योजनामा समावेश भई डिनरका लागि छनौट हुने ग्राहकका लागि उनीहरुको पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंककाअनुसार यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहितसञ्जाल विस्तार गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*