जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत क्यान मेलामा

२८ माघ २०७९, शनिबार १२:१४

काठमाडौं । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सिके राउत भृकटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा अवलोकन गरेका छन् । अमेरिकामा सूचना प्रविधि सम्बन्धी लामो समय काम गरेर नेपाल फर्केपछि राजनीतिमा सक्रिय भएका चन्द्रकान्त (सिके) राउत हाल प्रतिनिधि सभाको सांसद र जनमत पार्टीका अध्यक्ष समेत हुन् ।

क्यान इन्फोटेक मेला अवलोकन गर्न आईपुगेका सांसद सिके राउतलाई क्यान महासंघका अध्यक्ष रञ्जित कुमार पोदारलगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । सूचना प्रविधि, विद्युतीय भुक्तानी सेवा प्रदायक, आईटी कलेज, आईटी सम्बद्ध मिडियाहरुको स्टल रहेको क्यान मेलामा सिके राउतले उत्साहप्द अवलोकन गुरेका छन् ।

अमेरिकाको कम्प्युटर मिसाईल डिफेन्समा काम गरेका नेपालमा उत्कृष्ट आईटी बैज्ञानिक हुन् । लामो समय विदेशमा काम गरेपछि नेपाल फर्केर मधेशी जनताको मुक्तिको लागि भन्दै राजनीतिक अभियान चलाउँदै आएका छन् ।

सिके राउतले आजको क्यान मेलामा राखिएका स्टलहरुमा पुगेर उत्साहपूर्वक अवलोकन गरेको क्यान महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*