क्यान मेलाको आकर्षण एसएसडी ड्राइभमा झुम्मिए अवलोकनकर्ता, डेटिङ एपमा युवा युवतीको चासो

२७ माघ २०७९, शुक्रबार १७:१६

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित क्यान मेलामा लगभग पेनड्राइभकै मूल्यमा एसएसडी ड्राइभ (हार्ड डिस्क) बिक्री भइरहेको छ । अवलोकनकर्ताहरु सोही एसएसडी ड्राइभ खरिदमा निकै रुचि देखाएका छन् ।
क्यान मेलामा फ्युचर अटोमेशन टेक्नोलोजीले बिक्री गरिरहेका सामानहरुमा निकै आकर्षण देखिएको छ । क्यान मेलामा यस पटक नयाँ प्रविधिहरुको खासै उपस्थिति नभए पनि ३५० रुपैयाँमा पेन ड्राइभ, १५५० रुपैयाँमा एसएसडी ड्राइभ (१२० जिबी), ९५० रुपैयाँमा स्मार्ट वाच बिक्री भइरहेको छ ।

त्यस्तै, क्यान मेलामा सात हजार ५०० रुपैयाँमा कलर प्रिन्टर र ३० हजार रुपैयाँको ल्यापटपमा अवलोकनकर्ताहरु झुम्मिएका छन् । अर्को एक स्टलमा २४० जिबीको एसएसडी दुई हजार ८०० रुपैयाँमा बिक्री भइरहेको छ भने ज्योतिषीले भविष्य हेर्न समेत स्टल रहेको छ ।


क्यान मेलामा अर्को आकर्षण र भिडभाड रहेको स्टल डेटिङ एपमा देखिएको छ । क्लीक डेटिङ एपमा विद्यार्थी तथा युवा युवतीहरु मात्रै नभएर हरप्रकारका मानिसहरु आफूलाई उपयुक्त जोडीसँग मिट हुने अपेक्षासहित क्लीक एप डाउनलोड गर्न व्यस्त देखिन्छन् ।


त्यस्तै क्यान मेलामा रहेको फुडकोर्टमा पनि खाजा खाने तथा चिया कफीको आनन्द लिनेहरु समेत देखिएका छन् । यस वर्षको क्यान मेलामा काठमाडौंको भंगालमा रहेको र्याकेट इभेन्टसले गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

यस वर्षको क्यान मेलामा बीमापोष्टले आम जनताको माँझमा सञ्चार प्रविधिबारे जानकारी दिन स्टल राखेको छ । क्यान मेलाको जे ६७ नम्वरको स्टलमा बीमा सचेतनाबारे सर्भे समेत भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*