साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति छ बोनसदर ?

२६ माघ २०७९, बिहीबार १२:११

काठमाडौं। साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीलेआ।ब। २०७८ र ०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन सम्बन्धी बिमारिय प्रतिवेदन  बीमा प्राधिकरणबाट मिति २०७९ र १० र २३ गतेको पत्रबाट स्विकृत भए अनुसार साविकको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मुनाफामा सरिक हुने गरी बोनस दिनेगरी जारी गरेका जीवन बीमालेखहरुमा निम्न तालिकामा उल्लेखित बोनसदर, मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा प्राधिकरणबाट अर्को बीमाङ्गीय मुल्याङ्कन स्विकृत नभए सम्मको लागी कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर कायम हुने व्यहोरा जनाएको छ ।

सावधिक जीवन बीमालेख

सावधिक जीवन बीमालेखको अन्तर्गत नयाँ बोनासदर बमोजिम कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख

सावधिक तथा आजीवन बीमालेखको अन्तर्गत नयाँ बोनसदर अन्तर्गत कम्पनीले जम्मेदेखि ९ वर्ष र २५ वा सो भन्दा माथिको लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ।
कम्पनीले जम्मेदेखि ९ बर्षसम्म्को लागि ४३ रुपैयाँ देखि २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

अग्रिम भुक्तानी बीमालेख

अग्रिम भुक्तानी बीमालेखको नयाँ बोनसदर अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिको बीमा योजनाबाट सुरु गरेको छ।अग्रिम भुक्तानी बीमालेख अन्तर्गत कम्पनीेले ४३ रुपैयाँ,  बोनसदर निर्धारण गरेको छ।
त्यस्तै, कम्पनीले १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

बीमा प्राधिकरणले साविकको ज्योति लाइफको बोनसदर सार्वजनिक गरेको हो । तर हाल ज्योति लाइफ र सूर्या लाइफ मर्ज भई एकिकृत कारोबार शुभारम्भ गरि एकिकृत कारोबार गर्न सुरु गरिसकेका छन् । हाल कम्पनी सूर्या ज्योति लाइफको नामबाट परिचित छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*