बीमा भनेको के हो ? के छन् यस्का फाईदा?
काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ ।
व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि भईरहेका हुनछन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित रहेको हुन्छ ।
अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यमलाई बीमाको पूर्ण व्याख्याको रुपमा लिन सकिन्छ । अनिश्चित जोखिम, दुघर्टनाले गस्रित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् ।बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।
बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बिमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बिमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् ।
यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बिमा स्वीकार भए पछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ ।
बीमा दुई प्रकारको हुन्छ । एउटा जीवन बीमा अर्को निर्जिवन बीमा नेपालमा यी दुबै सेवाका लागि बीमा कम्पनीहरु विभिन्न जिल्लाहरुमा रहेका छन् । जहाँबाट हामीलाई पायक पर्न स्थान गराउन सक्छौं ।
जीवन बीमा बीमा कम्पनी (बिमक) र बीमा गर्ने व्यक्ति (बिमित) बीच भएको एउटा कानूनी करार हो जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा जीवित रहेमा बीमा अवधि पछि निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ ।
भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरणका लागि पनि बीमा गरिन्छ , जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनिले बहन गर्ने भएकाले यसलाई एक जोखिम हस्तान्तरण गर्ने प्रक्रियाका रुपमा लिन सकिन्छ ।
जीवन बीमामा विमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा निश्चित बीमा शुल्क बुझाए बापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा बीमा अवधि पछि नीजलाई नै कुनै रकम दिने सम्झौता करार पत्रमा उललेख गरिएको हुन्छ ।
बीमा ऐन, २०७९ बमोजिम “जीवन बीमा व्यवसाय भन्नाले कुनै खास रकम तिरेमा कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको मृत्यु भएको अवश्थामा वा निजको आयुको आधारमा किस्तावन्धिमा बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धि व्यवसाय सम्झनु पर्दछ ”।
मानिसको जीवनमा जोसिखमहरु धेरै हुन्छन् । यस मध्ये पनि मृत्यु सबैधन्दा ठुलो जोखिम हो । रोग, प्राकृतिक प्रकोप वा अन्य विभिन्न कारणहरुबाट मानिसको अकालमै मृत्यु हुन पुग्दछ, जसको कारणले परिवारको उक्त सदस्य नरहँदा परिवारलाई आर्थिक समस्या पर्न जान्छ । यसरी पर्न गएको समस्यालाई बीमितले बीमा कम्पनिलाई बुझाएको बीमा शुल्क बाट केही अंश रकमको हिस्सा प्रदान गर्छ । जीवन बीमा कुनै व्यक्तिको लागि वा परिवारको आर्थिक सुरक्षाको लागि गरिन्छ । बीमाको निश्चित अवधि सकिएपछि निजको बीमालेखमा रहको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम समेत एकमुष्ट रकम प्राप्त गर्न सक्नेछन् । जीवन बीमाले बीमितको जीवनमा आई पर्ने वा उसको परिवारलाई पर्ने आर्थिक संकटको बेला सहायता प्रदान गर्छ ।
मानिसको जीवनसँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्त परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्छ । बीमा गरेवापत पाउने सुविधा बीमाको प्रकार अनुसार फरक हुन्छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूँजी निमार्ण, करमा छुट जस्ता सुविधा प्रदान गर्दछ । त्यसैले जीवन बीमा अनिवार्य बचत एवंम आश्रितहरुको भलाईको व्यवश्था हुने उत्तम उपाय हो ।
जीवन बीमाका प्रकारहरु यस्ता छन् ,
आजीवन जीवन बीमा विमितले निश्चित बीमा शुल्क निर्धारित अवधिसम्म किस्ताबन्धि रुपमा बीमकलाई बुझाउने तर बिमांक रकम भने बिमितको मृत्यु भए पश्चात उसले इच्छाइएको वा निजको हकवालाले पाउने बीमा लाई आजीवन बीमा भनिन्छ । यस बीमा योजना अन्र्तगत बिमितले तोकिएको अवधिसम्म निर्धारित समयमा बीमाशुल्क तिर्दै जानु पर्दछ । जुनसुकै समयमा बिमितको मृत्यु भएमा एकमुष्ट रकम निजको आश्रितलाई दिईन्छ ।
सावधिक जीवन बीमा यो जीवन बीमा सामान्यतया ५ वर्षको अवधिकोे लागि गरिन्छ । तोकिएको अवधिसम्म किस्ताबन्दि रुपमा बीमा शुल्क तिर्ने र सो अवधि पछि यदि बिमित जिवितै छ भने उसैलाई र यदि उ जिवित नरहे उसका हकवालालाई बींमाक रकम र आर्जित बोनस स्वरुप प्रदान गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।
म्यादी जीवन बीमा यस्तो बीमा सीमित अवधिका लागि मात्रै गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानि गर्दछ । कम विमाशुल्क तिरेर पनि मृत्यु जोखिम वहन हुनु यस योजनाको विशेषता हो ।बैंक तथा वीत्तिय संस्थाहरुमा ऋण लिए पश्चात ऋण लिने व्यक्तिको अचानक मृत्यु हुन गएमा परिवारका सदस्यहरुले उक्त ऋण चुक्ता गर्नु पर्ने हुन्छ । यदि ऋण चुक्ता गर्न नसकेमा घर जायजेथा नै लिलाम हुने स्थिति आउन सक्छ तर लिएको ऋण रकमको म्यादी जीवन बीमा गरेको छ भने बीमितको मृत्यु भएमा यस कंपनी ले नै ऋण रकम तिरिदिने भएकोले परिवारका सदस्यहरु उक्त चिन्ताबाट मुक्त हुन सक्छन् । विभिन्न पेशामा लागेका व्यक्तिहरुले समयमा नै यस म्यादी जीवन बीमा गरी मृत्यु जोखिम को व्यवस्थापन गर्नु बुद्धिमानी हुनेछ ।
एन्यूटि जीवन बीमा निश्चित अवधिभर बीमाशुल्क तिरी बीमा अवधि समाप्त भए पश्चात् मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा निश्चित अवधिसम्म पेन्सन सरह आम्दानी लिने दृष्टिकोण बाट गरिने बीमालाई एन्यूटि बीमा भनिन्छ ।
त्यसैले आफूलाई उपयुक्त लाग्ने पोलिसी छनोट गरेर बीमा गरे भविष्यमा. आउने जोखिमको सुरक्षण गर्न सकिन्छ ।
कम्पनीहरुले आफनो वेवसाईटमा बीमा योजना सार्वजनिक गरेको हुन्छ त्यसमा आफूलाई उपयुक्त लाग्ने पोलिसी छनोट गरेर लिन सकिन्छ । यदि पोलिसीमा नबुझेको खण्डमा बीमा अभिकर्तामार्फत परार्मश लिन सक्नुहुनेछ ।
यस्ता छन् फाइदाहरू :
बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बीमितलाई कहिल्यै घाटा हुँदैन ।
बचत
जीवन बीमालाई सर्वोत्तम बचत हो । यस प्रकारको बचत जुनसुकै समयमा झिक्न भने पाईँदैन । जतिबेला पनि रकम झिक्न नमिल्ने भएकाले यस खालको बीमालाई निकै उत्तम बीमाका रुपमा मानिन्छ ।
आर्थिक सुरक्षा
जीवन बीमा भनेकै आर्थिक सुरक्षा हो । बीमाले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको काम गर्छ । बीमाले बीमितको ठूलो रकमको जोखिम वहन गरेको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई उपलब्ध गराउँछ । सो रकमबाट बीमितको परिवारले आफ्नो जीविका चलाउन सहयोग पुग्छ ।
सन्तानको शिक्षा
हरेक व्यक्तिको आफ्ना सन्तान राम्रो शिक्षा दिन चाहन्छन् । आफ्ना सन्तानको शिक्षाका लागि व्यक्तिले आफूले बीमा गर्न गर्छन् । बीमा कम्पनीहरुले बालबालिका सम्बन्धी विभिन्न बीमा योजनाहरु सार्वजनिक गरिहरहेका हुन्छन् । ती योजना हेरेर कति वर्षको कति रकमको बीमा गर्ने भन्ने निक्र्यौल गर्न सकिन्छ ।
ऋण सुविधा
बीमा गर्दा बीमालेखमा निश्चित अवधिसम्मको समर्पण मूल्यको निश्चित प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेख बाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।
कर छुट
आयकर ऐनअनुसार बीमा गरेमा आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
परनिर्भरता उन्मूलन
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन सहयोग गर्छ । जसका कारण अरु माथि भर पर्नु वा आश्रित हुनु पर्दैन । जसका कारण मनमा आनन्द हुन्छ ।
निर्जीवन बीमा भनेको के हो ?
निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौतापत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।
निर्जीवन बीमामा बिशेष गरि अग्नि बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, मोटर बीमा, विविध बीमा पर्दछन् । पछिल्लो समय बीमा प्रति मानिसहरुको धारण सकारात्मक हुँदै गएको छ । तर पनि जति विकास हुनुपर्ने हो त्यो भने भएको पाईदैन । समय र प्रविधि सगै बीमा क्षेत्रमा हुनु पर्ने सुधार नआउनुमा धेरै कारणहरु तेर्सिन पुग्दछन् । जसका कारण बीमा समितिले बीमाको पहँुच वृद्धि गर्नका लागि बीमा सचेतनाका कार्यक्रमहरु सक्रिय रुपमा अघि बढाउदै आईरहेका छन् ।
निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने सम्झौता हो । यसमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच सम्झौता हुन्छ । यस्ता सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अवधिभित्र बीमा गरिएको सम्पत्तिको हानिनोक्सानी वा व्यक्ति आदिको मृत्यु वा अङ्गभङ्ग भएमा बीमाङ्कको परिधिमा रही वास्तविक रूपमा कति हानिनोक्सानी भएको हो, त्यसको आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रूपमा भुक्तानी गर्छ । केही घटना भएमा बीमितले कम्पनीलाई प्रारम्भिक सूचना दिनुपर्ने हुन्छ । कम्पनीमा गएर फारम भरेपछि सो बीमा कम्पनीले उक्त घटनाको छानबिन गर्न सर्भेयर खटाउँछ । सर्भेयर भनेको क्षतिग्रस्त सम्पत्तिको आर्थिक मूल्याङ्कन गर्न बीमा समितिबाट इजाजत प्राप्त भएको व्यक्ति वा संस्था हो, जसको प्रतिवेदनको आधारमा बीमितलाई बीमा कम्पनीले रकम भुक्तानी गर्छ ।
विविध बीमामा व्यक्तिगत दुर्घटना बीमा, सामूहिक दुर्घटना बीमा, मार्गस्थ बीमा, तेस्रो पक्ष दायित्व बीमा, कामदारको क्षतिपूर्ति बीमा, गार्हस्थ्य बीमा, पशु बीमा, औषधिउपचार खर्च बीमा, सेँधमारी (लुटपाट) बीमा, बैङ्कर्सको क्षतिपूर्ति बीमा र निष्ठा जमानी बीमा छन् । आगलागी दुर्घटनावश भएको र आगो ज्वाला प्रस्फुटित भएको अग्नि बीमामा पर्छ । अनिवार्य तेस्रो पक्षप्रतिको दायित्व बीमा, प्याकेज बीमा मोटर बीमाका प्रकार हुन् । हड्ताल, हुलदङ्गा र विध्वंसात्मक कार्यको जोखीमका लागि पनि बीमा गर्न सकिन्छ ।
राम्ररी नबुझी बीमा गर्दा विभिन्न समस्या हुने हुँदा बीमितले विभिन्न कुरामा ध्यान दिनुपर्छ । बीमाशुल्क तिर्न कत्तिको सजिलो हुन्छ, त्यो कुरा बुझेर मात्र बीमा गनुपर्छ । आफूले के कुराको आवश्यकताले बीमा गर्न खोजेको हो, सो कुराको विश्लेषण गर्नुपर्ने हुन्छ । बीमापश्चात् जोखीम सुरक्षण हुने/नहुनेबारे पूरा जानकारी लिनुपर्छ । बीमा गर्ने वस्तुको तथ्य सबै खुलाएर बीमा गरेमा पछि क्षतिपूर्ति पाउन सजिलो हुन्छ । बीमासम्बन्धी सम्पूर्ण कागजात सुरक्षित राखेमा पछि परिआउँदा सजिलै निकाल्न सकिन्छ ।
बीमा गरिसकेपछि सो वस्तुमा कुनै पनि जोखीम आइपर्दा बीमकलाइ छिटो जानकारी गराउनुपर्छ । बीमा गरिएको सो वस्तुको सम्पूर्ण विवरण खुलाएर फारम भरी बीमकलाई बुझाउनुपर्छ । दाबी गर्दा उपयुक्त प्रमाण पेश गर्नुपर्छ । कस्तो जोखीम भएको हो र बीमितले दाबी गरेको सूचना सही छ वा छैन भन्ने अनुसन्धान गर्न कम्पनीले सर्भेयर खटाउँछ । उक्त सर्भेयरले क्षतिको वास्तिविक कारण, रकमलगायत क्षतिसम्बन्धी सम्पूर्ण विवरणसहितको प्रतिवेदन तयार गरी बीमा कम्पनीमा पेश गर्छ । सोही प्रतिवेदनको आधारमा बीमा कम्पनीले बीमितलाई क्षतिपूर्ति वा दाबी भुक्तानी प्रदान गर्छ ।