क्यान मेलामा सिजिको घरायसी सामानमा बिशेष छुट योजना, टिभी, फ्रिज, वासिङमेशिनहरु किस्ताबन्दीमा पाइने

२४ माघ २०७९, मंगलवार १८:३८

काठमाडौं । आज देखि सुरु भएको क्यान मेलामा सिजि डिजिटलले आकर्षक होम एप्लायन्स्को स्टल संचालनमा ल्याएको छ । सिजि होम एप्लायन्स्का ग्राहकहरुलाई विशेष छुटमा १३ वटा ब्राण्डका उत्पादनहरुको बिक्री सुरु गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको क्यान मेलाको मुख्य प्रदर्शनीहल भित्र प्रवेश गर्ने वित्तिकै दायाँतर्फ सिजिले विशेष स्टल सञ्चालनमा ल्याएको छ । सिजि डिजिटलको स्टल अरु भन्दा फरक र समयको माग अनुसारका सामागी्र सहित मेलामा सहभागिता जनाएको छ ।

आधुनिक समयलाई र आम जनताको सेवालाई केन्द्रित गर्दै सिजि डिजिटलले आधुनिक किसिमका टेलिभिजनहरु, रेफ्रिजेनेटर, वासिङ मेसिन, ऐअर कन्डिस्नर, माइक्रो वाभ ओभन, डिसवासर, कुकटप, विभिन्न प्रकारका चिम्नी, हिटर, विभिन्न खाले अडियो सिस्टम, बार्बिक्युुब, आइरन, हटपट देखि थर्मससम्मका सामग्रीहरु सर्वसुलभ मूल्यमा पाइने सिजि डिजिटल कर्पले जनाएको छ ।

यस स्टलमा अन्य विभिन्न स्टलको दाजोमा ग्राहकहरुको राम्रो उपस्थिति रहेको छ । स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सिजि डिजिटलले टिभी, फ्रिज, वासिङमेशिन लगायतका सामग्रीहरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने जनाएको छ । शून्य प्रतिशत ब्याजदरमा घरायसी सामान उपलब्ध गराउने जनाएको छ । निश्चित शर्त पुरा गरेका ग्राहकहरुलाई स्पट फाइनान्सिङको सुविधा दिने सिजि डिजिटलले जनाएको छ ।

सिजि डिजिटलले काठमाडौं उपत्यकाभित्र निशुःक होमडेलिभरीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सीजी डिजिटलकी सुस्मिता मुस्याखोका अनुसार सीजी डिजिटलको घरायसी सामानहरुमा २० प्रतिशत छटु दिइनेछ । उनले भनिन् ‘हरेक सामानहरुको खरिद बुकिङमा गिफ्ट ह्याम्परको समेत सुविधा रहेको छ ।’

सीजी डिजिटलका हरेक इलेक्ट्रोनिक सामानहरु टि.भि. वासिन मेशिन, फ्रिज लगायत करिब १३ वटा ब्राण्डहरु स्मार्ट होमअप्लायन्सहरु समेत रहेको उनले बताईन् ।
सिजिले एलजी, सिजी, टिसिएल, गोदरेज, सेन्सेई, बेको, केन्ट, एलिका, मेडिया, क्रम्पटन र पिजन ब्राण्डको घरायसी सामानहरुको बिक्री गर्दै आएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*