क्यान इन्फोटेक मेला आजदेखि सुरु (फोटोफिचर सहित)

राजन कठायत
२४ माघ २०७९, मंगलवार १५:५१

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को २८औं संस्करणको क्यान इन्फोटेक मेला आजदेखि सुभारम्भ भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुचना तथा सन्चार प्रविध मन्त्री रेखा शर्माको प्रमख उपस्थितिमा पत्रकार सम्मेलन गर्दै क्यान इन्फोटेक मेला सुरु भएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले क्यान महासंघले सो मेला आयोजना गर्न लागेको जनाएको छ।२८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’ रहेको छ ।

आजका तस्वीरहरुः

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*