रिलायबल नेपाल लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

२४ माघ २०७९, मंगलवार १४:१४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौडा शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ८, एकताटोलका बीरबहादुर क्षेत्रीले २ वर्ष अगाडी आफु प्रस्तावक बसी आफ्नो छोरा सोनम क्षेत्रीको ५ लाख रुपैयाँको सुलभ बाल जीवन बीमा योजना खरिद गरेका थिए । वैदेशिक रोजगारको क्रममा क्षेत्रीको निधन भएपश्चात् कम्पनीले बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

बच्चाको उमेर १६ बर्ष हुनेबेलासम्म पढाइ खर्च स्वरुप प्रत्येक महिना ५ हजार रुपैयाँ भुक्तान गर्ने, बीमा अवधिसम्म बार्षिक रुपमा जम्मा गर्नुपर्ने बीमा शुल्क छुट हुने र बीमा अवधि सकिएपछि बीमाङक रकम र नियम अनुसारको बोनस एकमुष्ट प्रदान गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*