एक बीमा कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यन्वयन गर्न आवश्यक विवरण पेश गर्न प्राधिकरणको निर्देशन, नियम पालना नगरे इजाजतपत्र नविकरण नहुने

२४ माघ २०७९, मंगलवार १२:४४

काठमाडौं । बीमा अभिकर्ताहरुलाई इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजात बुझाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। प्राधिकरण एक सूचना जारी गर्दै एक कम्पनी छनोट गरि बीमा प्राधिकरणको विवरण अनुसार आवश्यक कागजात बुझाउन निर्देशन दिएको हो ।

बीमा ऐन २०७९ को दफा ९१(७) बमोजिम बीमा अभिकर्ताहरुको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था छ ।उक्त व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्ताहरुलाई आफू कार्यरत बीमकका कार्यलयमा सम्र्पक राख्न आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार बीमा अभिकर्ताले एसएससी वा सो भन्दा माथिको लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिताको प्रतिलिपि, पासपार्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड बुझाउनु पर्नेछ ।

बीमा प्राधिकरणका समयसिमाभित्र नबुझाए अभिकर्ताको इजाजतपत्र नवीकरण नहुने प्राधिकरणले सूचना मार्फत जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*