रिलायन्स लाइफले व्यतित बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने, कहिलेसम्म पाइन्छ ?

२३ माघ २०७९, सोमबार १२:२२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको नविकरण शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

दुई वर्षअघिदेखि भुक्तानी नगरिएका र व्यतित भएका बीमालेखको हकमा २०७९ माघ २३ गतेदेखि फागुन १५ गतेसम्म पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

साथै बीमालेख अवधिभित्र एक पटक मात्रै ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*