टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प, १७ जनाको मृत्यु

२३ माघ २०७९, सोमबार ०९:५८

काठमाडौं । युरोपेली मुलुक टर्कीमा आज विहानै शक्तिशाली भुकम्प गएको छ । प्रारम्भिक रुपमा प्राप्त खवर अनुसार कम्तीमा १७ जना मृत्यु भएको छ । थप विवरण आउन बाँकी छ । सयौं घरहरु भत्किएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार विहान ४ः१७ बजे ११ माइल गहिराईमा ७.८ रेक्टरस्केलको भुकम्पले धक्का दिएपछि कैयौं घरहरु भत्किएका छन । टर्कीको राजधानी अंकारामा शत्तिशाली कम्पन दिएको भुकम्पले सिरिया, लेबनान र इजरायलसम्म हल्लाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शक्तिशाली भुकम्प गए लगत्तै थप तीन वटा भुकम्प गएको र पछिल्लो भुकम्प ६.७ रेक्टरस्केल सम्मका परकम्पहरु गइरहेका छन् । टर्कीमा आज गएको भुकम्पमा थुप्रै धनजनको क्षति भएको अनुमान गरिएको छ ।

टर्की सरकारले तीव्र गतिमा उद्धार तथा राहत वितरण सुरु गरेको जनाएको छ । राज्यका सबै शक्तिलाई उद्धारमा जुट्न आह्वान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*