सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १४ करोडमाथि, एक अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन

२३ माघ २०७९, सोमबार ०८:२४

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा ब्यवसाय उल्लेख्य बढेको देखिएको छ । पुष महिनाको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा ०.५६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले एक अर्ब ३९ करोड ३७ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो ।

बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेसँगै कम्पनीले बीमा कोषको आकार समेत बढाउन सफल भएको छ । गत आवको पुष मसान्तसम्ममा एक अर्ब ७ करोड ४९ लाख रुपैयाँ बीमा कोषमा संचित गरेको कम्पनीले यस अवधिसम्ममा १७.०२ प्रतिशतले बढाएर कोषमा १ अर्ब २५ करोड ७९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । साथै कम्पनीको जगेडा कोषको आकार भने ४०.६० प्रतिशतले घटेको छ । त्यस्तै, महाविपत्ती कोषको आकार २१.९३ प्रतिशतले बढेको छ ।

 

यता कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय भने घट्न पुगेको छ भने व्यवस्थापन खर्च बढ्न पुगेको छ । यो अवधिसम्म सिद्धार्थ इन्स्योरेन्सको यस्तो आम्दानी ७.८६ प्रतिशतले घटेको छ भने व्यवस्थापन खर्च १३.१२ प्रतिशतले बढेको छ । ब्यवस्थापन खर्च बढेपनि कम्पनीले सो अवधिसम्म ४.४० प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

कम्पनीले यस अवधिसम्ममा १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ४.४० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले १४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, यस अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ८.२३ प्रतिशतले घटेर ३० करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको चुक्तापुँजी २५.३५ प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी २० रुपैयाँ ९९ पैसा रहेको छ । साथै प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा, मूल्य आम्दानी अनुपात ३० रुपैयाँ ८७ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४१९ रुपैयाँ ९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*