बीमा सचेतनाको लागि बीमा प्राधिकरणको रेडियो कार्यक्रम, देशैभर सबै एफएममा प्रसारण

२२ माघ २०७९, आईतवार १८:०३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जनचेतना जगाउन फरक बाटो अपनाएको छ । प्राधिकरणले नेपालका विकट तथा दुरदराजका आम जनतालाई बीमा सम्बन्धि जनचेतना फैलाउने उदेश्यले रेडियो कार्यक्रम संचालनमा ल्याएको हो ।

प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक कार्यक्रम तयार पार्दै रेडियो कार्यक्रम मार्फत देशभर एकसाथ जानकारी दिदै आएको छ ।
प्राधिकरणले नेपाल एफएम नेटवर्क मार्फत देशैभर साताको दुई दिन कार्यक्रम प्रसारण गर्दै आएको हो ।

प्राधिकरणले रेडियो कार्यक्रममा बीमा गतिविधि, बीमा विश्लेषण, बीमा संवाद, बीमा सम्बन्धी महत्वपुर्ण तथ्याङ्क लगायतका सामाग्रीहरु समावेश गर्दै आएको छ । हालसम्म रेडियो कार्यक्रम मार्फत प्राधिकरणले ७ वटा एपिसोड प्रसारण गरिसकेको छ । चालु आर्थिक वर्षभर यस कार्यक्रमलाई निरन्तरता दिने प्राधिकरणले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*