कर्णाली प्रदेशमा पहिलो पटक मिर्गौला सफल प्रत्यारोपण

२२ माघ २०७९, आईतवार १६:२१

काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । काठमाडौं र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय एक युवामा मिर्गौलाको प्रत्यारोपण गरेको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरेका थिए ।

पछिल्लो समय अस्पतालमा मिर्गौलाका बिरामी बढ्न थालेको भए पनि जटिल अवस्थाका बिरामी कम आउने गरेको अस्पतालले जनाएको छ । आइतबार सेवा विस्तारसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनबाट विरामीको संख्या बढ्दो र तर आवश्यक जनशक्ति अभाव हुँदा एक महिनामा एक जना बिरामीको मात्रै मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिएको हो ।

मिर्गौला प्रत्यारोपण अनुमति पाएको ३ महिनाभित्र मिर्गौला प्रत्यारोपण सुरु गरेको प्रदेश अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।

उक्त सेवालाई निरन्तरता दिन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता अभिवृद्धि गर्न तालिममा पठाइने अस्पतालले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*