जीवन बीमा के हो ? किन गर्ने ?

२२ माघ २०७९, आईतवार १३:०३

काठमाडौं । जीवन बीमा बीमा कम्पनी (बिमक) र बीमा गर्ने व्यक्ति (बिमित) बीच भएको एउटा कानूनी करार हो जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा जीवित रहेमा बीमा अवधि पछि निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ ।
भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरणका लागि पनि बीमा गरिन्छ , जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनिले बहन गर्ने भएकाले यसलाई एक जोखिम हस्तान्तरण गर्ने प्रक्रियाका रुपमा लिन सकिन्छ ।

जीवन बीमामा विमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा निश्चित बीमा शुल्क बुझाए बापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा बीमा अवधि पछि नीजलाई नै कुनै रकम दिने सम्झौता करार पत्रमा उललेख गरिएको हुन्छ ।

बीमा ऐन, २०७९ बमोजिम “जीवन बीमा व्यवसाय भन्नाले कुनै खास रकम तिरेमा कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको मृत्यु भएको अवश्थामा वा निजको आयुको आधारमा किस्तावन्धिमा बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धि व्यवसाय सम्झनु पर्दछ ”।

मानिसको जीवनमा जोसिखमहरु धेरै हुन्छन् । यस मध्ये पनि मृत्यु सबैधन्दा ठुलो जोखिम हो । रोग, प्राकृतिक प्रकोप वा अन्य विभिन्न कारणहरुबाट मानिसको अकालमै मृत्यु हुन पुग्दछ, जसको कारणले परिवारको उक्त सदस्य नरहँदा परिवारलाई आर्थिक समस्या पर्न जान्छ । यसरी पर्न गएको समस्यालाई बीमितले बीमा कम्पनिलाई बुझाएको बीमा शुल्क बाट केही अंश रकमको हिस्सा प्रदान गर्छ । जीवन बीमा कुनै व्यक्तिको लागि वा परिवारको आर्थिक सुरक्षाको लागि गरिन्छ । बीमाको निश्चित अवधि सकिएपछि निजको बीमालेखमा रहको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम समेत एकमुष्ट रकम प्राप्त गर्न सक्नेछन् । जीवन बीमाले बीमितको जीवनमा आई पर्ने वा उसको परिवारलाई पर्ने आर्थिक संकटको बेला सहायता प्रदान गर्छ ।

मानिसको जीवनसँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्त परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्छ । बीमा गरेवापत पाउने सुविधा बीमाको प्रकार अनुसार फरक हुन्छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूँजी निमार्ण, करमा छुट जस्ता सुविधा प्रदान गर्दछ । त्यसैले जीवन बीमा अनिवार्य बचत एवंम आश्रितहरुको भलाईको व्यवश्था हुने उत्तम उपाय हो ।

जीवन बीमाका प्रकारहरु यस्ता छन् ,
आजीवन जीवन बीमा विमितले निश्चित बीमा शुल्क निर्धारित अवधिसम्म किस्ताबन्धि रुपमा बीमकलाई बुझाउने तर बिमांक रकम भने बिमितको मृत्यु भए पश्चात उसले इच्छाइएको वा निजको हकवालाले पाउने बीमा लाई आजीवन बीमा भनिन्छ । यस बीमा योजना अन्र्तगत बिमितले तोकिएको अवधिसम्म निर्धारित समयमा बीमाशुल्क तिर्दै जानु पर्दछ । जुनसुकै समयमा बिमितको मृत्यु भएमा एकमुष्ट रकम निजको आश्रितलाई दिईन्छ ।

सावधिक जीवन बीमा यो जीवन बीमा सामान्यतया ५ वर्षको अवधिकोे लागि गरिन्छ । तोकिएको अवधिसम्म किस्ताबन्दि रुपमा बीमा शुल्क तिर्ने र सो अवधि पछि यदि बिमित जिवितै छ भने उसैलाई र यदि उ जिवित नरहे उसका हकवालालाई बींमाक रकम र आर्जित बोनस स्वरुप प्रदान गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।

म्यादी जीवन बीमा यस्तो बीमा सीमित अवधिका लागि मात्रै गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानि गर्दछ । कम विमाशुल्क तिरेर पनि मृत्यु जोखिम वहन हुनु यस योजनाको विशेषता हो ।बैंक तथा वीत्तिय संस्थाहरुमा ऋण लिए पश्चात ऋण लिने व्यक्तिको अचानक मृत्यु हुन गएमा परिवारका सदस्यहरुले उक्त ऋण चुक्ता गर्नु पर्ने हुन्छ । यदि ऋण चुक्ता गर्न नसकेमा घर जायजेथा नै लिलाम हुने स्थिति आउन सक्छ तर लिएको ऋण रकमको म्यादी जीवन बीमा गरेको छ भने बीमितको मृत्यु भएमा यस कंपनी ले नै ऋण रकम तिरिदिने भएकोले परिवारका सदस्यहरु उक्त चिन्ताबाट मुक्त हुन सक्छन् । विभिन्न पेशामा लागेका व्यक्तिहरुले समयमा नै यस म्यादी जीवन बीमा गरी मृत्यु जोखिम को व्यवस्थापन गर्नु बुद्धिमानी हुनेछ ।
एन्यूटि जीवन बीमा निश्चित अवधिभर बीमाशुल्क तिरी बीमा अवधि समाप्त भए पश्चात् मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा निश्चित अवधिसम्म पेन्सन सरह आम्दानी लिने दृष्टिकोण बाट गरिने बीमालाई एन्यूटि बीमा भनिन्छ ।
त्यसैले आफूलाई उपयुक्त लाग्ने पोलिसी छनोट गरेर बीमा गरे भविष्यमा. आउने जोखिमको सुरक्षण गर्न सकिन्छ ।
कम्पनीहरुले आफनो वेवसाईटमा बीमा योजना सार्वजनिक गरेको हुन्छ त्यसमा आफूलाई उपयुक्त लाग्ने पोलिसी छनोट गरेर लिन सकिन्छ । यदि पोलिसीमा नबुझेको खण्डमा बीमा अभिकर्तामार्फत परार्मश लिन सक्नुहुनेछ ।

यस्ता छन् फाइदाहरू :
बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बीमितलाई कहिल्यै घाटा हुँदैन ।

बचत :
जीवन बीमालाई सर्वोत्तम बचत हो । यस प्रकारको बचत जुनसुकै समयमा झिक्न भने पाईँदैन । जतिबेला पनि रकम झिक्न नमिल्ने भएकाले यस खालको बीमालाई निकै उत्तम बीमाका रुपमा मानिन्छ ।

आर्थिक सुरक्षा :
जीवन बीमा भनेकै आर्थिक सुरक्षा हो । बीमाले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको काम गर्छ । बीमाले बीमितको ठूलो रकमको जोखिम वहन गरेको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई उपलब्ध गराउँछ । सो रकमबाट बीमितको परिवारले आफ्नो जीविका चलाउन सहयोग पुग्छ ।

सन्तानको शिक्षा :
हरेक व्यक्तिको आफ्ना सन्तान राम्रो शिक्षा दिन चाहन्छन् । आफ्ना सन्तानको शिक्षाका लागि व्यक्तिले आफूले बीमा गर्न गर्छन् । बीमा कम्पनीहरुले बालबालिका सम्बन्धी विभिन्न बीमा योजनाहरु सार्वजनिक गरिहरहेका हुन्छन् । ती योजना हेरेर कति वर्षको कति रकमको बीमा गर्ने भन्ने निक्र्यौल गर्न सकिन्छ ।

ऋण सुविधा :
बीमा गर्दा बीमालेखमा निश्चित अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेख बाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।

कर छुट :
आयकर ऐनअनुसार बीमा गरेमा आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।

परनिर्भरता उन्मूलन :

जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन सहयोग गर्छ । जसका कारण अरु माथि भर पर्नु वा आश्रित हुनु पर्दैन । जसका कारण मनमा आनन्द हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*