सुपर लघुवित्तको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिने नेपाल राष्ट्र बैंकको निर्णय, घोटाला काण्ड पछि संचालक समिति निलम्बन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका विद्यमान संचालक समितिलाई निलम्बन गरेको छ । दाङ तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सो लघुवित्तलाई केन्द्रीय बैंकले निगरानीमा राखी संचालक समितिलाई निलम्बन गरेको हो । राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले सो संस्थाको संचालक समितिलाई निलम्बन गरी संस्थाको व्यवस्थापन नियन्त्रणमा लिई संस्थाको व्यवस्थापन संचालनका लागि केन्द्रीय बैंकबाट व्यवस्थापन समूह समेत नियुक्त गरेको छ । केन्द्रीय बैंकबाट विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्थाका संस्थापक तथा सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने र सो ऋणको साँवा तथा ब्याज चुक्ता गर्न पुनः थप कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने लगायतका गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको देखिएको थियो । संस्थाका जिम्मेवार पदाधिकारीहरूबाट भए गरेका कार्यहरूबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६ को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरू संस्थामा विद्यमान रहेको देखिएको तथा संचालकहरुबाट संस्था सञ्चालन हुन सक्ने स्पष्ट आधार समेत नदेखिएकोले केन्द्रीय बैंकले कडा निगरानीमा राखेको थियो । साथै, २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचतसमेत क्रमिक रूपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको वस्तुस्थितिका आधारमा संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी प्रदान गर्ने संस्थाहरू तथा लगानीकर्ताको … Continue reading सुपर लघुवित्तको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिने नेपाल राष्ट्र बैंकको निर्णय, घोटाला काण्ड पछि संचालक समिति निलम्बन