पुष मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन १४ अर्बमाथि, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु् आर्थिक वर्षको पुष मसान्तसम्ममा १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुष मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले सवा १४ अर्बको प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरे्रन्सले मात्रै २ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ फर्स्ट प्रिमियम कलेक्सन गरेको छ । जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको नेपाल लाइफले पुष मसान्तसम्ममा साढे २ अर्बमाथि नयाँ बीमा पोलिसी बिक्रीमार्फत आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, दोस्रोमा नेशनल लाइफले पनि जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै पुष मसान्तसम्ममा १ अर्ब ६२ करोड रुपैयाँमाथि प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेशनललाई पच्छ्याउँदै मर्जपछि बनेको सूर्यज्योति लाइफले पनि पुष मसान्तसम्ममा एक अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, चौथोमा एलआइसी नेपालले पनि सो अवधिसम्म १ अर्ब १२ करोड रुपैयाँमाथि प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सन नेपाल लाइफले ९६ करोड, सिटिजन लाइफले ८७ करोड ९२ लाख, एशियन लाइफले ७३ करोड ७२ लाख, रिलायबल नेपाल लाइफले ७२ करोड ७३ लाख, युनियन लाइफले ६६ करोड ६४ लाख, आइएमई लाइफले ६० करोड ५५ लाख, मेट लाइफले ६० करोड ३५ लाख, प्राइम लाइफले ४३ करोड ७२ लाख, रिलायन्स लाइफले ४३ करोड ५५ लाख, सानिमा लाइफले ४२ करोड ४ लाख, राष्ट्रिय बीमा संस्थानले ३५ करोड २१ लाख, प्रभु लाइफले ३० करोड ४५ लाख, महालक्ष्मी लाइफले २२ करोड ८० लाख र गुराँस लाइफले १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।