नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय संचालनमा, बीमकहरुसँग छलफल

१८ माघ २०७९, बुधबार १६:४४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले ६ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा पोखरामा स्थापना गरिएको नयाँ कार्यालय संचालनमा आएको हो ।

कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो छलफल सम्पन्न गरेको छ । प्राधिकरणले निर्जिवन बीमा व्यवसाय गर्ने बीमकहरुसँग बीमा व्यवसायसम्बन्धी विवरण संकलन गर्ने निर्णय सहित छलफल सम्पन्न गरेको कार्यालय प्रमुख केशव दाहालले बीमापोष्टलाई बताए। गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालको अध्यक्षतामा आजको छलफल सम्पन्न भएको हो ।

गण्डकी प्रदेश अन्तर्गत निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रदेशमा नेतृत्व गर्ने प्रतिनिधी वा प्रदेश प्रमुखहरु सँग समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया आज सम्पन्न भएको हो ।

आजको बैठकले बीमा ब्यवसायलाई अझ व्यवस्थीत, स्वच्छ, र स्वतन्त्र ढंगले बीमा ब्यवसाय सञ्चालन गर्ने, प्रत्येक निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकले तत्काल आफ्नो साइन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भनी उल्लेख गर्ने, स्थानीय तह सम्म बीमा ब्यवसायको बिस्तार, विकास तथा बीमितको हक हित रक्षाका लागि नेपाल बीमा प्राधिकरण र बीमकहरु सहकार्य साथ अघि बढ्ने कुरालाई अघि सारेको छ।

कार्यक्रममा २१ जना बीमाकर्मीहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*