रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच मेडिकल इन्स्योरेन्स सम्बन्धी सम्झौता

१८ माघ २०७९, बुधबार १६:१४

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र सन्चो हस्पिटल प्रा.लि. हेटौडा बीच ‘मेडिकल इन्स्योरेन्स’ को लागि सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीले आफ्ना ग्राहक तथा बीमितहरुलाई थप सेवा दिने हेतुले सन्चो हस्पिटलसँगै समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

सो सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसीजी, इसीएचओ लगायत सेवाहरूमा बिशेष छुट पाउनेछन ।

सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिंदै गईरहेको छ ।

रिलायन्स लाइफले देशभर २४ वटा शाखा कार्यालय विस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य सेवा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*