मनकामना इन्जिनियरिङ हाइड्रोले २८ लाख कित्ता आईपीओ निष्काशन गर्ने, सेबोनसँग माग्यो अनुमति
१८ माघ २०७९, बुधबार १२:१२
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिँदै आईपीओ निष्कासनको अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका कुल २८ करोड रुपैयाँबराबरको आईपीओ ल्याउनेछ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।