इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन

१७ माघ २०७९, मंगलवार ११:१३

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । संघको नयाँ कार्यसमितिले माघ १६ गतेका दिन पद तथा गोपनियताको सपथ लिएका छन् ।

तात्कालिन सल्लाहकार बिनय बोहरा, तात्कालिन उपाध्यक्ष प्रमेश खरेलको प्रस्तावमा र तात्कालिन सल्लाहकार मनोज अग्रवाल, तात्कालिन महासचिव नविन कुमार श्रेष्ठ लगायतको समर्थनमा (सर्वसहमतिमा) सुधिर पराजुलीको अध्यक्षतामा सो नयाँ कमिटी गठन भएको छ ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष – सुधिर पराजुली
उपाध्यक्ष – मनोज अग्रवाल
महासचिव – नविन कुमार श्रेष्ठ
कोषाध्यक्ष – पुष्कर बडाल
सचिव – सुरेन क्षेत्री
कार्यकारी सदस्यहरुः कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा
सल्लाहकारहरु –  बिनय बोहारा, बिनय साउद, प्रमेश खरेल
प्रमुख कार्यकारी अधिकृत – सुभास खड्का
फंक्सनल कमिटी सदस्यहरु – बृजेश पालिखे, रमेश काफ्ले , आशिष श्रेष्ठ

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*