लामो समयपछि तीन जीवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार हुँदै

१७ माघ २०७९, मंगलवार १०:५१

काठमाडौं । तीन जीवन बीमा कम्पनीको आजदेखि शेयरबजारमा कारोबार हुँदैछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेसँगै आजदेखि कारोबारमा आउने भएको हो ।

यी तीनवटै कम्पनीको गत वैशाख २९ गतेदेखि कारोबार रोक्का रहेको थियो । तीन कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

नेप्सेले हिज तीनवटै कम्पनीको शेयर कारोबार फुकुवा गरेसँगै ९ महिनापछि कारोबारमा आउन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*