एलआइसी नेपालको हकप्रद निष्काशन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

१६ माघ २०७९, सोमबार १३:१३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड हात्तिसार, काठमाडौंलाई नियुक्त गरेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट समेत स्वीकृत प्राप्त गरिसकेको छ । एलआइसी नेपालले हकप्रद निष्काशन बिक्री सम्बन्धी सम्पूण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरेको हो ।

कम्पनीले कायम चुक्तापुँजीको ८८.४५ प्रतिशत हकप्रद जारी गर्न बीमा प्राधिकरणले गत पुष २१ गते सैद्दान्तिक सहमति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव माघ ३ गते सम्पन्न विशेष साधारण सभाबाट समेत प्रस्ताव पारित गरिसकेको छ । सोपश्चात् नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिई स्वीकृति पाएपछि मात्रै सर्वसाधारणहरुमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पश्चात् एलआइसी नेपालको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*