सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोषक राज पौडेलको कति छ तलब भत्ता ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलले वार्षिक तलब भत्ता ८८ लाख ४ हजार २१ रुपैयाँ बुझेका छन् । माघ १५ गते सम्पन्न कम्पनीको पाँचौ वार्षिक सभाबाट वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
उक्त पारित वार्षिक प्रतिवेदनमा सिइओ लगायत अन्य प्रबन्धक तथा व्यवस्थापनका पदाधिकारीहरुको तलब भत्ता र संचालक समितिको बैठक भत्ता विवरण सार्वजनिक गरिएको छ । आव २०७७।७८ को लागि सिइओ पौडेलले वार्षिक तलब भत्ता ८८ लाख रुपैयाँमाथि बुझेका छन् ।
त्यस्तै संचालक समितिको बैठक भत्ता ४ लाख ५६ हजार रुपैयाँ र अन्य प्रबन्धक तथा व्यवस्थापनका पदाधिकारीहरुको तलब भत्ता ५ करोड ४८ लाख २१ हजार १३७ रुपैयाँ रहेको छ ।
सिइओ पौडेलले निश्चित वार्षिक तलब तथा भत्ताहरु बापत ७३ लाख ३४ हजार २५० रुपैयाँ, कर्मचारी बोनसअन्तर्गत १४ लाख ५१ हजार ७७१ रुपैयाँ, दुर्घटना बीमा अन्तर्गत १० हजार ५०० रुपैयाँ र परिवारको स्वास्थ्य बीमा अन्तर्गत ७५ सय रुपैयाँ गरी कुल ८८ लाख ४ हजार २१ रुपैयाँ तलब भत्ता बुझेका हुन् ।