चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
११ माघ २०७९, बुधबार १५:०५
काठमाडौं । नेप्से १०।३७ अंकले बढ्दा २१८३।६२ को विन्दुमा कायम भएको छ। आज नेप्से उकालो लाग्दा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
ग्रिन लाइफ हाईड्रोपावर, आर्दश लघुवित्त, सानिमा जिआईसी, सूर्या ज्योति लाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, बलेफी हाईड्रोपावर, बराही, दोर्दी, ग्रिन भेञ्चर, पिपुल्स पावर, र नेशनल माईक्रोफाइनान्सको शेयर उकालो तर्फ लागेको छ ।