नयाँ बानेश्वरमा आत्मदाह गरेका आचार्यको मृत्यु

११ माघ २०७९, बुधबार ०९:३७

काठमाडौं । नयाँ बानेश्वरमा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आज विहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्निङ सेन्टर (आगोबाट जलेका उपचार गर्ने केन्द्र) मा आज विहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनले हिजो नयाँ बानेश्वरमा नेपालको वर्तमान अवस्था, देशमा बढ्दो भ्रष्टाचार, माफियातन्त्र, दलालतन्त्रका कारण केही गर्न नसकेको तथा कृषि व्यवसाय गर्न खोज्दा भाटभटेनी, बिगमार्ट, गोल्यान एग्रो लगायतका फर्महरुले उधारो कारोबार गरेकोले बैंकको ऋण किस्ता र कर तिर्न नसकेर बाँच्न नसकेको आरोप लगाएका छन् । उनले १३ हजार शब्द लामो मृत्युकालिन घोषणा मार्फत नेता, व्यापारीहरुको पर्दाफास गरेका छन् । मृत्युकालिन घोषणामा उल्लेख गरिएको व्यहोरा अनुसार नेपालका चर्चित उद्योगी व्यवसायीहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा जेल जाने सम्भावना बनेको छ ।

 

आत्महत्या गर्नु अघि प्रेम प्रसादले के लेखेका थिए ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*