देशकाे अवस्था सहज छैन, सार्वजनिक संस्थानहरूलाई मितव्ययिता अपनाउन अर्थमन्त्री पाैडेलकाे आह्वान
काठमाडाैं । उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पाैडेलले देशकाे आर्थिक अवस्था सहज अवस्थामा पुगिनसकेकाे अवस्थामा सबै सार्वजनिक निकायलाई खर्चमा मितव्ययियता अपनाउन निर्देशन दिएका छन् ।
अर्थमन्त्री पाैडेलले सरकारी कार्यालयमा सबैतिर मितव्ययिता अपनाइदै आएकाे बताउदै अब सार्वजनिक कम्पनीहरूमा मितव्ययिता अपनाउन निर्देशन दिएका हुन् । राष्ट्रिय बाणिज्य बैंककाे ५८औं बार्षिकाेत्सवमा आयाेजित कार्यक्रममा मन्त्री पाैडेलले बैंकका सबै कर्मचारीहरूलाई इमान्दार पूर्वक काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री पाैडेलले आफूले कुनै पनि निकायमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्दता जनाएका छन् ।