पश्चिम नेपालमा भूकम्पको धक्का

१० माघ २०७९, मंगलवार १५:०१

काठमाडौं । मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, डोटी, नेपालगञ्ज, बझाङलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन। भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।

पछिल्लो समय पश्चिम नेपालमा भुकम्पको धक्का महशुस भैरहेको छ । गत कात्तिकको महिनामा पनि डोटी लगायतका अन्य छिमेकि जिल्लामा भुकम्पले ठुलो धनजनको क्षति गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*