मर्जपछि पहिलो कारोबारको दिनमै सानिमा जिआइसीको शेयरमा सर्किट

९ माघ २०७९, सोमबार ११:२३

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार खुलेको केही समयमा नै सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्ज भई कायम हुन आएको २ करोड कित्ता शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कारोबार आएको पहिलो दिनमै कम्पनीको शेयरमा सर्किट लागेको हो । कम्पनीको शेयरले ३७४ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेञ्ज पाएको छ । यो समाचार तयार पार्दासम्म सानिमा जिआइसीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात् ३६ रुपैयाँ ७० पैसाले बढेर शेयरमूल्य ४०४ रुपैयाँ २० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*