सयपत्री हाइड्रोपावरका कार्यकारी अधिकृत केदार के.सी.द्धारा राजिनामा
९ माघ २०७९, सोमबार १०:२७
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएका छन् ।कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको ६५ औ बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै, कम्पनीमा अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेल दैनिक प्रशासनिक कार्यका लागि कम्पनीका संचालक गोपाल प्रसाद निउरेलाई सो जिम्मेवारी दिने निर्णय गरेको छ ।