टप थ्री बीमा कम्पनीका सिईओहरुको कति छ तलब भत्ता ? कस्को कति छ सेवा सुविधा

७ माघ २०७९, शनिबार ०७:५३

काठमाडौं । बीमा क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ । यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बीमा क्षेत्रमा काम गर्ने माथिल्लो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ ।

बीमा क्षेत्रका टप थ्रीमा पर्न सफल बीमा कम्पनीका सिईओहरुले कति बार्षिक तलब भत्ता बुझछन् भन्ने बिषय आम जनचासो नै बन्छ । हाल नेपालमा संचालनमा निर्जिवन बीमा कम्पनीहरुमध्ये टप थ्रीमा शिखर, नेको र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेका छन् ।

त्यस्तै, जीवन बीमा तर्फ नेपाल लाइफ , नेशनल लाइफ र एलआईसी नेपाल रहेको छ । दोस्रो बजारमा पनि यी कम्पनीको स्थिती राम्रो नै छ। बीमा क्षेत्रमा केही बर्षयता कर्मचारीहरुको आकर्षण बढ्दै गएको छ । अझ बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिईओ को तलब सुविधा त झनै आकर्षक रहेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६।७७ मा कम्पनीका प्रमुख कार्यकारी प्रमुख दिप प्रकाश पाण्डेले १ करोड २० लाख ५८ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्कालाई आर्थिक वर्ष २०७६।७७ मा कम्पनीबाट तलव, भत्ता तथा पारिश्रमिक बापत जम्मा ६२ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।७८ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा प्रवन्धक तहसम्मका पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत ३ करोड ९७ लाख ८१ हजार ६ सय ३८ भुक्तानी गरिएको छ ।

जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।७८ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले १ करोड १३ लाख ४४ हजार ९२ रुपैयाँ भुक्तानी गरिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।७८ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्र्रसाद खत्रीले ७९ लाख ५६ हजार ३ सय २३ रुपैयाँ भुक्तानी गरेको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६।७७ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मी प्रसाद दास तथा अन्य पदाधिकारीले तलव, भत्ता तथा अन्य सेवा सुविधा बापत २ करोड १८ लाख ४४ हजार ९ सय ९९ रुपैयाँ भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*