नेपाल इन्स्योरेन्सका स्वतन्त्र संचालक रामहरी न्यौपानेको कार्यकाल समाप्त
३ माघ २०७९, मंगलवार १६:०९

काठमाडौं । नेपाल इन्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक रामहरी न्यौपानेको कार्यकाल समाप्त भएको छ । पुष ३० गतेदेखि न्यौपानेको कार्यकाल सकिएको कम्पनीले जनाएको छ ।
साथै सो पश्चात नेपाल इन्स्योरेन्स कम्पनीको संचालक समितिको अद्यावधिक विवरण कम्पनीले सार्वजनिक गरेको छ । जसमा संस्थापक शेयरधनीको समूहतर्फबाट लक्ष्मण पौडेल, चन्द्रसिंह साउद, विष्णु खेतान रहेका छन् भने सर्वसाधारण समूहतर्फबाट अर्जुन पौडेल र सविता श्रेष्ठ जोशी रहेका छन् ।